कञ्चनपुर
युवा अभियन्ता सुजित श्रेष्ठले भीमदत्त नगरपालिकाले बहुलाह कुकुर नियन्त्रणमा तीन प्रशन अघि सारेका छन । श्रेष्ठले कुकुर नियन्त्रणमा तीन प्रशन राखेका हुन । ( बाँकी कुकुरहरूलाई कहिले नियन्त्रणमा लिइन्छ ? (पशुधनको क्षतिको जिम्मेवारी कसले लिन्छ ? भविष्यमा यस्ता घटना दोहोरिन नदिन के योजना छ ? भीमदत्त नगरपालिका वडा नं। १० मा हिजो–अस्तिदेखि ४र५ वटा पागल ९आक्रामक० कुकुरहरू समूह बनाएर हिँडिरहेका छन्। ती कुकुरहरूले स्थानीयवासीका बाख्रा–खसीसमेत आक्रमण गरी खाएको जानकारी प्राप्त भएको छ।
आज नगर प्रहरी र स्थानीयवासीको सहयोगमा दुई वटा कुकुरलाई नियन्त्रणमा लिइएको छ। तर बाँकी कुकुरहरू अझै खुला रूपमा घुमिरहेको भन्दै स्थानीयहरू त्रसित बनेका छन्।
स्थानीय जनताको सुरक्षा, पशुधनको संरक्षण तथा सम्भावित मानव क्षतिलाई ध्यानमा राख्दै सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।