कञ्चनपुर
कञ्चनपुरको उत्तरी चुरेफेदको खल्लामछेट्टी गाँउ जोड्ने सडकमा झन सकस भएको छ । महाकाली कोरिडोरको काम पुरा नहुँदा नदीबाटै यात्रा गर्नुपर्ने बाध्यता आएपछि यात्रा सकस भएको हो ।
स्थानीय समाजिक अगुवा युवा दिपेन्द्र सिह ऐरीले लगातार बर्षातले महाकाली नदीको सतह बृद्धि हुँदै गएपछि सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य रहेको बताए । ब्रम्हदेब लगत्तै चुरेखोला र महाकाली नदीकै बङगालो भएर विद्युतीकरण भएकाले गाँउ नै अन्धकारदेखि यातायात ठप्प हुने जोखिम रहेको छ । स्थानीयले यस अघि विपद् जोखिमलाई मध्य नजर गर्दै समयमै विद्युतीकरणदेखिका वैकल्पिक माग वा शिघ्र महाकाली कोरिडोर निर्माणको माग अघि सार्दै आएका थिए ।