कञ्चनपुर
कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा रहेको एक सामुदायिक वन क्षेत्रबाट अजिङगरको उद्दार गरिएको छ । बेदकोट नगरपालिका ५धरमपुरमा रहेको बच्छेला सामुदायिक वन क्षेत्रबाट अजिङगरको उद्दार गरिएको हो । बच्छेला सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष विष्णूराम दमाईले मगलबार वन क्षेत्रमा फेला पारेको अजिङगरको उद्दार गरिएको बताए । उनका अनुसार सामुदायिक वनबाट डिभिजन वन कार्यालय कञ्चनपुरलाई हस्तान्तरण गरिएको छ । डिभिजन वनले उक्त अजिङगर राष्ट्रिय वनमा छाडेको जनाएको छ ।