दार्चुला । दार्चुलामा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ।
जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका गणेश सिंह ठगुन्नाकी २५ बर्षिया पत्नी सुनिता ठगुन्नाको भीरबाट लडेर ज्यान गएको हो । मार्मा गाउँपालिका वडा नम्बर ६ को देवाल भन्ने वन क्षेत्रमा शुनिबार बिहान घाँस काट्न गएकी सुनिता सोही क्षेत्रको भीरबाट लडेर ज्यान गएको आफन्तले बताएका छन ।
दार्चुलाका ग्रामीण क्षेत्रमा विगतदेखि यसरी घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको छ ।