कञ्चनपुर ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ मटैया कटान गाँउका स्थानीयले बषौँपछि बिजुली पाएका छन । मटैया कटानकी स्थानीय रविना विष्ट सहितका घर परिवार बषौँदेखि विद्युत सेवाबाट बञ्चित थिए । अहिले उनीहरुले बिजुली बाल्न पाएको छन ।
स्थानीय अगुवा रामदत्त भट्टले रविना विष्ट सहितका घर परिवारले ढिलै भएपनि विद्युत सेवा पाएको बताए । उनका अनुसार विष्ट सहितका घरसम्मै विद्युत लाईन विस्तार नहुँदा अध्याँरोमै बस्न बाध्य भएका थिए । समाजसेवी भट्टले नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम क्षेत्रीय निर्देशक हरि पाण्डेय, नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर शाखा प्रमुख सन्तोष श्रेष्ठको विशेष पहलमा विद्युत विस्तार भएको बताए । भट्टले अब पुरै गाँउमा छुट्टै फिडर विस्तारमा जोडदिएका छन । नेपाल विद्युत प्राधिकरण महेन्द्रनगर शाखाले ग्राहकको माग अनुरुप विद्युत सेवा विस्तार गरेको जनाएको छ ।