कञ्चनपुर ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष पुष्पमणी जोशी सहितका तीन शिक्षकलाई सम्मान गरेको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले तेस्रो राष्ट्रिय परिषद्को अवसरमा अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष पुष्पमणी जोशी, शिक्षक डबल बहादुर शाह, लक्ष्मीदत्त भट्टलाई सम्मान गरेको हो ।
कञ्चनपुरका शिक्षक त्रय जोशी, भट्ट र शाहलाई आर्थिक बर्ष ०८१÷०८२मा शिक्षक विद्यालय कर्मचारीको हकहित अधिकारका लागि नेपाल शिक्षक महासंघले आयोजना गरेको आन्दोलनका क्रममा शसक्त भएर भूमिका निर्वाह गरेको उच्च सम्मानका साथ कदर गर्दै सम्मान गरेको जनाएको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका उपमहासचिव अर्थ मदनराज जोशी, महासचिव तुला बहादुर थापा, सहअध्यक्ष नानुमाया पराजुली र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले हस्ताक्षर गरेको सम्मान पत्रमा कञ्चनपुरका शिक्षक अगुवा नेता जोशी सहित शिक्षकद्वय शाह र भट्टको योगदानको उच्च कदर गरिएको छ । महासंघले जोशी लगायतका देशभरका अन्य शिक्षकहरुलाई समेत सम्मान गरेको छ ।
अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष पुष्पमणी जोशी भीमदत्त नगरपालिका १४बनकट्टी बैजनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक पनि हुन । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सम्मान गरेसंगै कञ्चनपुरका शिक्षक त्रयले आम शिक्षकको हकहितका लागि निरन्तर संघर्षमा उर्जा थपेको जनाएका छन । अखिल नेपाल शिक्षक संगठन कञ्चनपुरका अध्यक्ष पुष्पमणी जोशीले नेपालमा सम्पूर्ण प्रकृतिका शिक्षक, विद्यालय कर्मचारीहरुको हकहितका लागि काम गर्ने प्रण गरेका छन ।