नेपालगन्जदेखि जाजरकोट जाँदै गरेको बस दुर्घटना , पाँच जनाको मृत्यु, २७ घाइते

दार्चुला । नेपालगन्जदेखि जाजरकोट जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। २७ जना घाइते भएका छन्।

नेपालगन्जदेखि राडिबजार जाँदै गरेको को ना ७ ख २७५७ नम्वरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका १३ वराहचौर नजिक दुर्घटना भएको हो।

मृतकहरुको अहिलेसम्म सनाखत नभएको र घाइतेहरुको उपचार जिल्ला अस्पताल जाजरकोटमा भइरहेको प्रहरीले जनाएको छ। घाइते र मृतकहरु नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाका रहेको बताइएको छ।बस दुर्घटना कसरी भएको भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Leave A Reply

Your email address will not be published.