कञ्चनपुर ।
कञ्चनपुरको भाँसीदेखि रौटेला जोड्ने पर्यटन मार्ग विस्तारका लागि प्रारम्भिक रेखाङकन गरेको छ । बेदकोट नगरपालिका ८नम्बर वडा कार्यालयले भाँसीदेखि रौटेला जोड्ने पर्यटन मार्ग विस्तारका लागि प्रारम्भिक रेखाङकन गरेको हो ।
पुर्वपश्चिम महेन्द्र राजमार्ग भाँसीदेखि उत्तर चुरेफेद रौटेला धार्मिक क्षेत्र जोड्ने सडक विस्तारका लागि वडा कार्यालयले केहीदिनदेखि सर्वदलिय पक्षीय सहित सडकको प्रारम्भिक सिमाङकन गरेको थियो ।
बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले वडाको गौरबको योजना कार्यान्वयनका लागि सडक क्षेत्रको प्रारम्भिक सिमाङकन गरिएको बताए ।
उनका अनुसार बेदकोट नगरपालिकाले नगर गुरु योजना अन्र्तरगत १०मिटर चौडा सडक विस्तार गर्ने लक्ष्य अघि सारेको सो मापदण्ड पुरा गर्नका लागि आफुहरुले समेत सडक सिमाङ्गकन गरेको बताए ।
‘पहिलो चरणमा सडक सिमाङकनको काम सम्पन्न भएको छ, सडकको एरिया भित्र पर्ने स्थानीय नागरिकका सरचना एव खेतीबारी बारे हामीले हेडटु टेलसम्मै एकिन गरिसकेका छौँ, ‘उनले भने, ‘सडकको एरियाभित्र पर्ने सबै सरचना खाली गर्नका लागि वडाबाट सात दिने सूचना जारी गछौँ, उक्त अवधिमा स्वयमले सडकको जमिन खाली गर्नुपर्ने हुनछ, अन्यथा कानूनी प्रकृयाबाट खाली गरिनेछ ।’
झण्डै ७किलोमिटर लम्बाई भएको उक्त सडक उत्तरमा रौटेला धार्मिक क्षेत्र र दक्षिणमा जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने भएकाले यसले दैनिक कृयाकलापदेखिका धार्मिक, समाजिक, साँस्कृति, व्यवसायदेखिका विवित पक्षबाट आयाम थपिने अध्यक्ष जोशीको भनाई छ । बुधबार वडामा भएको सर्वदलिय पक्षीय बैठकबाट समेत प्रारम्भिक रुपमा सिमाङकन अनुरुप सडकको जमिन खाली गरेर सडकस्तरोन्नतीका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । वडाध्यक्ष जोशीले केहीदिनमै सडकको जमिन खाली गरेर स्तरबृद्धिका लागि पालिका सहित प्रदेश र संघीय सरकारलाई आवश्यक बजेटका लागि हारगुहार गर्ने बताए । उक्त सडक स्तरोन्नतीका लागि दलभन्दा माथि उठेर आफ्नै सन्तानको भविष्यका लागि अनुरोध गरेका छन । उक्त सडक स्तरोन्नती भएसंगै वडा मात्रै होईन आम यात्रुका लागि सुविधा हुनेछ । साथै रौटेला पर्यटकीय, धार्मिक क्षेत्रमा पर्यटकहरुको समेत आवागमन बढ्ने भएकाले यस क्षेत्रकै आर्थिक कृपाकलापमा समेत टेवा पुग्नेछ । स्थानीयले समेत वडाध्यक्ष महेशराज जोशी नेतृत्वमा दिगो विकासका लागि सडक विस्तार परिकल्पना साकार पार्ने भन्दै साथमा साथ दिने घोषणा गरेका छन ।
