कांग्रेस आधिकारिकता विवाद : देउवाको पुनरावेदन पूर्ण इजलासमा

नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाइ हुँदै छ ।

देउवा–खड्काको पुनरावलोकन निवेदन पूर्ण इजलासमा पेस भएको हो । सुनुवाइपछि पुनरावलोकनको निस्सा (अनुमति) दिने वा नदिने विषयमा इजलासले निर्णय गर्नेछ ।

उक्त निवेदनको सुनुवाइ प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासमा तोकिएको छ ।

यदि पुनरावलोकनको निस्सा प्रदान गरियो भने मुद्दाको पुनः सुनुवाइ हुनेछ । निस्सा नदिएमा सर्वोच्च अदालतको अघिल्लो फैसला नै कायम रहनेछ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.