नेपाल भारतका किसानमाथि ः दुवै देशका प्रहरीको अत्याचार मल ल्याउन भारत गएका कञ्चनपुरका तीन किसानमाथि अपराधीशैलीमा सार्वजनिक
कञ्चनपुर
सीमावर्ती नेपाल(कञ्चनपुर) र भारत (लखिमपुरखिरी)का प्रहरीले गैर कानूनी चोरी तस्करीमा दुवै देशका नागरिक पक्राउ गरेका छन । भारतीय प्रहरीले नेपालमा ल्याईरहेका तीन बोरा युरिया र नेपाल प्रहरीले नेपालमै ल्याईरहेका साढे तीन क्विन्टल तोरी तस्करीमा नेपाल भारतका किसानका सन्तान पक्राउ गरेको छ । भारतीय र नेपाल प्रहरीले पक्राउ गरेका दुवै देशका सात नागरिक ठुलो तस्करीमा होईन कृषि उपज समाग्री त्यो पनि साईकलमा ओसार्न लागेको अवस्थामा पक्राउ गरेको हो ।
भारतको खिरी पुलिसले ६ अगष्ट ०२६ मा जारी गरेको प्रेस नोट अनुरुप तीन बोरा युरिया, सो युरिया ओसार्न प्रयोग भएका तीन साईकल सहित तीन नेपाली नागरिकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका २ गोकुलपुरका धन बहादुर चौधरी, रमेश चौधरी, विकास चौधरी रहेका छन । खिरी प्रहरीले उनीहरुलाई चौकीमा ल्याएर ठुलै तस्कर जस्तो गरेर थानामा फोटो सेसन गरेर सार्वजनिक गरेको छ । साईकलमा एक÷एक बोरा युरिया, अनि तोरी ल्याउने कार्य गैर कानुनी भएपनि ठुलै तस्कर समुह नभएको दुवै देशका सीमावर्ती नागरिकको दावि छ ।
यता २२ साउन ०८२ मा सुदूरपश्चिम प्रदेश प्रहरीले सार्वजनिक गरेको विवरण अनुरुप २१ साउनमा बेलौरी नगरपालिका १ सीमा क्षेत्रबाट भारतबाट साढे तीन क्विन्टल तोरी नेपाल ल्याईरहेका चार भारतीय नागरिक पक्राउ परेका छन । प्रहरी चौकी फटियाले लखिमपुरखिरी बसही कलौनी बस्दै आएका सन्तोष कुमार, सञ्जय कुमार, अनुप कुमार गुप्ता, मनोज कुमारलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई पक्राउ सहित साथबाट चार साईकल, तोरी बरामद गरेको हो । यसरी नेपाल भारत चोरी तस्करीमा दुवै देशका प्रहरी कडा रुपमा देखिएका छन । तर, कडा किसानका सन्तानमाथि देखिएको छ । दुवै देशका प्रहरीको निसानामा किसान गरिबका सन्तान देखिएका छन ।
तोरी ल्याएर नेपाल आएका सीमावर्ती भारतीय नागरिकका आफन्तले नेपालमा तेल पेलाउनका लागि आएको र गत विगतका बर्षहरुमा पनि यस्तै गरेर तोरी पेलाउन आएको दावि गर्दै आएका छन । भारतमा पक्राउ परेका नेपाली किसानका आफन्त घर परिवारले नेपालमा मल नपाएपछि भारतीय बजारबाट ल्याएर बेच्नका लागि नभई घरखेतकै लागि ल्याउन गएको बताएका छन, गत विगतका बर्षहरुमा पनि आफ्नै खेतबारीका लागि ल्याउँदै आएको र अहिले पनि नेपालमा नपाएपछि बाध्य भएर ल्याउन गएको दावि गरेका छन । उनीहरुले नेपाल भारतमा कृषि उपज समाग्री उताउता ओसार्ने काम कुनै तस्करी नभई नितान्त आफ्नै घरखेतका लागि भएको भन्दै ठुला तस्करमाथि छुट आफुहरु किसानमाथि दुवै देशका प्रहरीले अन्याय गरेको दुखेसो पोखेका छन । तर, दुवै देशका प्रहरीले सीमा क्षेत्रमा हुने गैर कानुनी चोरी तस्करी जस्ता गतिबिधी नियन्त्रण गर्नका लागि पक्राउ गरेको जनाएका छन । कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीले गैर कानूनी चोरी तस्करीमा संलग्न जो कोहीलाई पनि छुट नभएकाले कानून कार्यान्वयन मात्रै गरेको बताए । ‘अहिले साईकलमा चोरी तस्करी गर्ने भाविष्यमा ठुलो तस्कर बन्छ, ‘उनले भने, ‘त्यही भएर हामीले गैर कानुनी गतिबिधी बिरुद्ध कार्बाही चलाएका छौँ ।’ पक्राउ परेका दुवै देशका नागरिकले किसान मात्रै निसानमा परेका छन, अनि ठुला तस्कर समुहमाथि छुट गरेको गुनासो छ नि भन्ने प्रशसनमा साना ठुला सबै चोरीतस्करीमा संलग्नमाथि कार्बाही हुने दावि गरेका छन । करिब एकै दिनमा नेपाल भारत दुवै देशका प्रहरीले कृषि उपज समाग्री ओसारपोसारमा संलग्न सात मानिस, सातै साईकल, साढे तीन क्विन्टल तोरी, तीन बोरा युरिया पक्राउ काण्डमा यस्तो बहादुरी भन्दै टिकाटिप्पणी गरिरहेका छन । गत आर्थिक बर्ष ०८२÷०८३को कञ्चनपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तथ्याङ्क अनुसार भारतबाट गैर कानूनी रुपमा तस्करीमा संलग्न सवारी साधन सहित झण्डै १७ करोडका व्यवसायिक समान बरामद गरिएका छन । नेपाल प्रहरीले तस्करीमा संलग्न १८ मानिस सहित ६ करोड, १५ लाख, ३८ हजार, ६सय १७ रुपैया र सशस्त्र प्रहरीले ११ करोड, ७२ लाख, २५ हजार, ३सय ३४रुपैया बराबरको अवैध समान बरामद गरेका हुन । जिल्लामा यतिधेरै ठुलो तस्करी हुने गरेपनि किसान माथि मात्रै निसानामा परेका छन ।
किसान अगुवा भन्छन, ‘स्वदेशमै मल उपलब्ध नहुँदा नेपाली किसान भारतका पक्राउ गर्नुपर्ने बाध्यता आयो’ कञ्चनपुरका किसानहरुले खेतीपातीका लागि चाहिएका बेला स्वदेशमा सहजै रसायनिक मल नपाउने भएकाले भारतमा ल्याउन जाँदा आफु नै पक्राउ गर्नुपर्ने परिस्थिति सृजना भएकाले दुखत विषय भएको बताएका छन । किसान अगुवा दशरथ भण्डारीले सरकारले समयमै मलखाद आपूर्ति नगर्दा नेपाली किसान भारतमा पक्राउ पर्नुपर्ने बाध्यता दुखत विषय भएकाले सरकारले यसमा गम्भिर हुनुपर्ने बताए । अनि नेपाल भारत दुई देशीय परापुर्वकालदेखिको सम्बन्ध भएकाले किसानका दुवै तर्फका कामकाजमा त्यतिधेरै धरकपट गर्न नहुने बताए । किसान नेता नारायण दत्त पन्तले सरकारले स्वदेशमै किसानलाई मलबिउबिजन उपलब्ध नगराउँदा नेपाली किसान भारतमा जानुपर्ने बाध्यता आएको बताए । ‘मल ल्याउन गएका कञ्चनपुरकै तीन किसानका सन्तान भारतमा पक्राउ गर्नु दुखत विषय हो, ‘उनले भने, ‘अब सरकारले यसमा गम्भिर भएर स्वदेशमै समयमै मल उपलब्ध गराउनुपर्छ ।’ तोरी पेल्नकै लागि नेपाल आएका छिमेकी भारतका किसानलाई समेत पक्राउ गरिहाल्नुपर्ने अवस्था बारे प्रहरीले सोच्नुपर्ने बताए । अर्का किसान नेता राम बहादुर बुढाले आफ्नै देशमा सहजै मलखाद नपाएपछि बाध्य भएर किसान भारतीय बजारमा जानुपर्ने बाध्यता भएको बताए । ‘सरकारले समयमै मलखाद उपलब्ध नगराएपछि बाध्य भएर भारतमा जानुपर्ने बाध्यता आएको छ, ‘उनले भने, ‘यस्तो विषय आउनुपर्ने बाध्यता आयो ।’ बेच्नका लागि नभई आफ्नै खेतबारीका लागि ल्याउने मलखाद सहितका अन्न ल्याउँदा पक्राउ घटनामा किसानमाथि अन्याय भएको बताए । बेलौरी नगरपालिका २का वडाध्यक्ष कलविर चौधरीले ज्यानै मारेको जस्तो गरेर किसानका छोराहरुलाई धरकपट पक्राउ गरेर मुद्दा नै चलाईहाल्नुपर्ने विषय दुखत भएको बताए । उनले नेपाल भारत दुवै देशमा रसायनिक मल अभावकै कारण किसानका सन्तान चपेटामा परेको बताए । उनले तीनै जनालाई एक हजार जरिवाना गरेर छाडेको बताए । यसरी नेपाल,भारतका किसान प्रहरीको निसानामा परेपछि दुवै देशका किसान चिन्तित भएका छन । दुवै देशका किसान आफ्नो निजी घरसायी कामका लागि ल्याईरहेको मलखाद, तोरी सहितपक्राउ प्रकरणले सीमावर्ती दुबै देशतर्फ प्रहरीको आलोचना गरिरहेका छन ।
