सुदूरपश्चिम १० विकेटले विजयी

दार्चुला । सुदूरपश्चिम प्रदेशले काठमाडौंमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णाली १६।५ ओभरमा ६६ रनमा अल आउट भएको थियो। कर्णालीका प्रकाश जैशीले १७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १५ रन बनाए रुपक ढकाल ११ र रमेश बुढा १२ रनमा आउट भए। कर्णालीका ४ खेलाडीले खातानै खोल्न सकेनन्।

सुदूरपश्चिमका नारायण जोशीले ६ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए। आकाश चन्दले ६ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। शेर मल्लले ३।५ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिए। जवाफी ब्याटिङ थालेको सुदूरले १२।१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो। सुदूरका कप्तान खडक बहादुर बोहरा ४२ बलमा ५ चौका र २ छक्कासहित ४१ रनमा अविजित रहे। नरेश भट्ट ३१ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे।

 

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.