कञ्चनपुर ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ११ नम्बर वडा अध्यक्ष सार्वजनिक सडक मर्मत गर्न सक्रिय भएर लागेका छन । शनिबार देखि वडाध्यक्ष प्रकास थापा आफै खटिएर गाँउ घरका सडक मर्मत गर्न लागेका छन । बर्षातका बेला भत्किएका, विवित कारणले टुटफुट भएका सडकहरुमा मर्मत गर्न लागेका हुन । सार्वजनिक सडकमा रहेका सानाेतिनाे खाल्डा मर्मतमा आफ्नै आर्थिक तथा सहयाेगी युवाहरुको साथमा कार्य भैरहेकाे र ठुलो सडक मर्मत गर्ने कुरामा वडाकाे बजेटबाट गरीने वडा अध्यक्ष थापाले बताएका छन्।
वडाका विभिन्न गाँउ बस्तीका सार्वजनिक सडकहरुमा सहज यात्रा देखिका दुर्घटना जोखिम न्यूनिकरणका लागि मर्मत गर्न लागिएको वडाध्यक्ष प्रकास थापाले बताए ।
वडाध्यक्ष प्रकास थापा नेतृत्वमा अन्य सदस्य देखि स्थानीय सहित सडक मर्मतमा जुटेका छन । यसरी सानाेतिनाे सडक मर्मत कार्यमा पालीका तथा वडाकाे बजेट पर्खिरहनु भन्दा जनप्रतिनिधिले केहि आफ्नो पनि जिम्मेवारी हुन्छ समाजप्रति भन्ने भावले उदाहरणीय कार्यमा लागेकाे अध्यक्ष लगायतकाे टिमलाई वडाबासीले धन्यवाद दिएका छन्।
