दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वडा – १ स्थित वडा कार्यालयमा मदिरा सेवन गरी प्रवेश गरेर अभद्र व्यवहार तथा अङ्ग प्रदर्शन गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीय रोसम ठगुन्ना रहेका छन्। जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी देवेन्द्र बुढाथोकीका अनुसार ठगुन्नाले मदिराको नशामा वडा कार्यालय परिसरमा पुगी महिला कर्मचारीहरूसामु अङ्ग प्रदर्शन गर्नुका साथै अभद्र व्यवहार गरेका आरोपमा उनलाई प्रक्राउ गरिएको बताए ।
अभियुक्त ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनास्थलबाट नियन्त्रणमा लिइएका ठगुन्नालाई प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरेको र थप कानुनी कारबाहीका लागि आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
