कञ्चनपुर
सुदूरपश्चिम प्रदेश कञ्चनपुर महेन्द्रनगरका स्थानीय श्यामसुन्दर ढकाल नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा सभा सदस्यमा नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालय मातहत रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभा सदस्यमा नियुक्त हुनुभएको हो ।
९साउन ०८४मा संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री खडकराज पौडेल(गनेश)को अध्यक्षतामा बसेको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा सभा सदस्य नेपाल संस्कृत विश्वविद्यालय शारदा विद्यापिठका सहप्राध्यापक समेत रहेका ढकाललाई सदस्यमा नियुक्त गरेको जनाएको छ । ढकाल प्राध्यापकका साथै साहित्यकार,समालोचक, नेपाल भाषा, साहित्यका जानकार भएकाले उनलाई मन्त्रालयले प्राज्ञ सदस्यमा चयन गरेको मन्त्रालयले जनाएको हो ।
यसका साथै सदस्यमै कञ्चनपुरकै खडक कुमार गिरी पनि चयन भएका छन । नेपाल प्रज्ञा प्रतिष्ठान प्रज्ञा सभा सदस्यमा नियुक्त भएका श्यामसुन्दर ढकालले सरकारले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने संकल्प गरेका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान र संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा सदस्य मनोनित गरिएका थिए ।
