बाजुरामा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु

दार्चुला । बाजुरामा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर १ का २४ वर्षीय भिमबहादुर दानीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा डोटीको पुर्विचौकी गाउँपालिकाको सानागाउँ नजिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सदरमुकाम मार्तडीबाट जडाङ्गातर्फ जाँदै गरेको से १ ज ९६० नम्बरको जीप आइतबार विहान दुर्घटना भएको थियो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.