कञ्चनपुर ।
कञ्चनपुरकी स्थानीय एव बरिष्ठ लोक देउडा गायक रेखा कुमारी जोशीलाई सरकारले नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्यमा मनोनित गरेको छ ।
१९ साउन ०८३ मा प्रधामन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जोशीलाई नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्यमा मनोनित गरेको हो । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन ०६४को दफा ८को उपदफा ११बमोजिम गठित समितिको सिफारिसका आधारमा जोशीलाई सदस्यमा मनोनित गरेको हो ।
सुदूरपश्चिम प्रदेश कञ्चनपुर भीमदत्त नगरपालिका ७ हल्दुखाल महेन्द्रनगर घर भएकी जोशी पछिल्लो दिनहरुमा लोक देउडा गितमा अब्बल प्रस्तुती गर्दै आएकी छिन । झण्डै दशक बढि समयदेखि रेखाले राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा आफ्नो लोक देउडाको धमाकेदार प्रस्तुती गर्दै आएकी हुन ।
विगतका रेडियो कञ्चनपुरकी पत्रकार समेत रहेकी जोशीलाई राष्ट्रिय स्वतन्त्र पाटी९रास्वपा० नेतृत्वको सरकारले सदस्यमा मनोनित गरेसंगै उनलाई आफन्तहरुले बधाई दिईरहेका छन ।
बरिष्ठ लोक देउडा गायक रेखा जोशीले सरकारले आफुलाई दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने प्रण गरेकी छिन ।
यस अघि सरकारले नेपाल प्रंज्ञा प्रतिष्ठानमा कञ्चनपुरकै श्याम सुन्दर ढकाल र खडक कुमार गिरीलाई पनि सदस्यमा नियुक्त गरेको छ । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्यमा मनोनित भएकी कलाकार रेखा जोशीले आफुले पाएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्दै जाने प्रतिबद्धता जाहेर गरेकी छिन । उनले आफुलाई सरकारले दिएको जिम्मेबारीले थप उत्साहित प्रेरणा दिएको बताउँदै जिम्मेबारी दिनेदेखिका सबै महानुभावहरुप्रति आभार प्रकट गरेकी छिन ।
