कञ्चनपुर ।
जिल्ला समन्वय समिति कञ्चनपुरले बार्षिक समिक्षा कार्यक्रम गरेको छ । मंगलबार जिससकै सभा हलमा गत आर्थिक बर्षको कार्यक्रम समिक्षा र चालु आर्थिक बर्ष सहित आगामी बार्षिक योजना बारे समिक्षा गरेको हो ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले जिल्लाको विकास निर्माणदेखिका समग्र बस्तु स्थिति बारे विभिन्न विकास निर्माणदेखि सेवा प्रदायक कार्यालयले गर्दै आएको कामकाज बारे समिक्षा सहित आगामी आर्थिक बर्षदेखिको कार्यक्रम बारे जानकारी दिएको बताए ।
जिसस प्रमुख बोहराले अनुसार विभिन्न सरकारी कार्यालयले गर्दै आएको कामकाज बारे जानकारी दिदै भावि दिनमा थप कार्यक्रम बारे जानकारी लिएको बताए । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधीले आ–आफ्नो कार्य प्रगतिबारे जानकारी गराएका थिए ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले दीगो विकासदेखिका तत्तकाल आउने घटना समाधानका लागि सरकारी कार्यालयविच अन्तर समन्वय गरेर अघि बढ्नुपर्नेमा जोडदिए । कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधीले प्रर्याप्त स्रोत साधनदेखि समय सापेक्ष अनुरुप जनशक्ति अभाव भएकाले कामकाजमा चुनौती रहेको औल्याएका छन ।
