दार्चुलामा अण्डाको माग पूरा गर्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने बाध्यता

दार्चुला । दार्चुलामा अहिले पनि अण्डाको माग पूरा गर्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका अनुसार जिल्ला अझै पनि अण्डाको माग पूरा गर्न परनिर्भर कायमै रहेको जनाएको छ ।

जिल्लामा वार्षिक ६ हजार ३ सय ९८ गोटा अण्डा आवश्यक पर्ने गरेकोमा हाल ९ सय ९८ गोटा मात्रै अण्डा उपलब्धता रहेको कार्यालयले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख लालबहादुर बोहराका अनुसार अण्डाको माग पूरा गर्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था रहेको बताए ।

पशुजन्य उत्पादनसँगै जिल्लाबाट पशु तथा पशुजन्य वस्तुको निर्यातसमेत बढ्दै गएको उनको भनाई छ ।

कार्यालयका अनुसार जिल्लाबाट गत वर्षको अवधिमा खसी, बोका, भेडा र च्याङ्ग्रा गरी १४ हजार ५ सय वटा निर्यात भएका छन् भने २ सय ८४ वटा आयात भएका छन् ।

त्यस्तै, राँगा, भैँसी र गाई गरी १ हजार ८ सय ५६ वटा निर्यात हुँदा १ सय ६३ वटा आयात भएका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.