कञ्चनपुर ।
कञ्चनपुरको बेदकोट नगरपालिका ८ नम्बर वडा सहितका स्थानीयले बषौँदेखि जमिनको उपभोग गर्दै आएका नागरिकलाई लालपुर्जा वितरण कार्यमा सहजिकरण गरिदिन सरकारको ध्यानाकर्षण गराएको छ ।
बुधबार बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेश राज जोशी, भूमि हकहितका लागि संघर्ष समितिका अध्यक्ष पदम सिह धामी सहितका स्थानीयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत संघीय सरकारको ध्यानाकर्षण गराएका हुन ।
बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालालाई ज्ञापन पत्र बुझाएको बताए । वडाध्यक्ष जोशीका अनुसार ५५ बर्षदेखि बसोबास गर्दै आएका ६३ परिवारले पुराना पुर्जावालालाई न्यायोचित अधिकार तथा ०६७का पुर्जावाला १० बर्षे हदबन्दी खारेजीको माग अघि सारेका छन ।
०३६सालमा नक्सा भईसकेका, ०५४मै नापी भईसकेको, ०६७सालमै तत्तकालिन आयोग मार्फत जग्गाधनी प्रमाण पत्र पाईसकेका र आयोग, राज्यले श्रेस्ता कायम नहुँदा अधुरै रहेका पुर्जा पुर्ण गरिदिन माग अघि सारेका छन ।
ज्ञापन पत्र बुझ्दै जिल्ला भूमि समस्या समाधान समितिका अध्यक्ष समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले समस्या अध्ययन गरेर अघि बढ्ने बताएका छन । स्थानीयले क्षेत्र ३का सासद ज्ञानेन्द्र सिह महता, भूमि व्यवस्था,सहकारी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, जिल्ला भूमि आयोग, बेदकोट नगरपालिका र बेदकोट ८ वडा कार्यालय सहितको उक्त समस्या समाधानका लागि ध्यानाकर्षण गराएका छन ।
