दार्चुला बहुमुखी क्याम्पसमा अनलाइन ठगीबाट बच्न विद्यार्थीलाई सचेतनामूलक प्रशिक्षण

दार्चुला । दार्चुला बहुमुखी क्याम्पसमा अनलाइन स्क्यामिङ, फ्रड तथा विभिन्न प्रकारका ठगीबाट बच्ने उपाय र अपनाउनुपर्ने सतर्कतासम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

साउन २९ गते स्वतन्त्र विद्यार्थी युनियन, दार्चुला बहुमुखी क्याम्पसको आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी नायब निरीक्षक केशव शर्मा र प्रहरी सहायक निरीक्षक पदमराज भण्डारीले विद्यार्थीहरूलाई अनलाइन ठगी, साइबर अपराध, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, शंकास्पद लिंक तथा अपरिचित व्यक्तिबाट आउने सन्देश र फोनबाट जोगिने उपायलगायत विषयमा प्रशिक्षण दिनुभएको थियो।

कार्यक्रममा दार्चुला बहुमुखी क्याम्पसमा अध्ययनरत बीएड, बीबीएस र बीएका सम्पूर्ण विद्यार्थीहरूको सहभागिता रहेको थियो। पछिल्लो समय बढ्दै गइरहेको अनलाइन ठगी तथा साइबर अपराधबाट विद्यार्थीलाई सुरक्षित राख्ने, सम्भावित जोखिम पहिचान गर्न सक्षम बनाउने र शंकास्पद गतिविधिप्रति समयमै सचेत हुन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा आयोजकका तर्फबाट प्रशिक्षक तथा सहभागीहरूलाई खादा र अवीरद्वारा सम्मान गर्दै धन्यवाद ज्ञापन गरिएको थियो।

विद्यार्थीको शैक्षिक विकाससँगै सुरक्षा, सचेतना र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने अभियानलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्याम्पसले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.