दार्चुलासहित सुदूरपश्चिम प्रदेशमा ओल्के पर्व मनाइँदै,‘बुढी’ हाल्ने प्रचलन 

दार्चुला । दार्चुलासहित सुदूरपश्चिम प्रदेशमा मौलिक पर्व ‘ओल्के’ मनाइँदै छ । आफ्ना छरछिमेक तथा इस्टमित्रहरुबीच ‘ओल्को’ (विशेष प्रकारको उपहार) साटासाट गरेर यो पर्व मनाइदैछ ।

सुदूरपश्चिमसँगै कर्णाली प्रदेशमा पनि यो पर्व मनाइन्छ । ओल्के पर्वका दिन पिँडालुको गाभा (कलिलो पात), दूध, दहि तथा मिठा परिकारहरु उपहारका रुपमा बाँड्ने चलन छ ।
साथै, छोरी चेलीहरु ‘ओल्को’ लिएर माइत आउने र माइती पक्षले विशेष सत्कार गर्ने चलन पनि छ ।

ओल्के पर्वका दिन कृषिसँग सम्बन्धित औजारहरुलाई धोइपखाली गरेर भण्डारण चलन पनि छ । ओल्के पर्वको दिन धोइ पखाली गरेर राखिएका कृषि औजारहरु आश्विन १ गते विश्वकर्माको पूजा गरेर बाहिर निकालिन्छ ।

ओल्केकै दिन बुढी हाल्ने चलन पनि सुदूरपश्चिम र कर्णालीका पहाडी जिल्लामा प्रचलित छ । जंगलबाट रुख काटेर ल्याएर जंगल नजिकैको खुला ठाउँमा गाडेर बुढी हाल्ने गरिन्छ । उक्त बुढी असोज १ गते साँझ जलाइन्छ ।

‘बुढी’ हाल्ने प्रचलन 

भाद्र संक्रान्ति अर्थात ओल्के संक्रान्तिका दिन यस क्षेत्रमा बुढी हाल्ने प्रचलन समेत रही आएको छ । आजका दिन गाउँ नजिकैका उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगाबिंगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । यो थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हालेको भन्ने गरिएको छ ।

भाद्र संक्रान्तिका दिन गाडेको बुढीलाई असोज संक्रान्तिका दिन साँझको समयमा पोल्ने चलन रही आएको छ । असोजको संक्रान्तिलाई बुढी पोल्ने संक्रान्ति भन्ने गरिएको छ । यो दिन प्रत्येक घरबाट आगोको राँको लगेर सामूहिक रुपमा बुढी पोल्ने गरिन्छ ।

ओल्के पर्वका अवसरमा आज सुदूरपश्चिम सरकारले प्रदेशभरी सार्वजनिक बिदा दिएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.