साउन वेष्ट पुलिस अफ दी मन्थ प्रहरी निरिक्षक थापा

कञ्चनपुर ।
कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक (ईन्सपेक्टर) बिरेन्द्र सिह थापा गत महिना उत्कृष्ट प्रहरी घोषित भएका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले प्रहरी निरीक्षक थापालाई ०८३ साउन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मुद्दा शाखा इन्चार्ज समेत रहेका प्रहरी निरीक्षक थापाले चालु आर्थिक बर्ष ०८३÷०८४को शुरुवातकै महिना पुरस्कृत भएका छन । प्रहरी निरीक्षक थापा अपराध अनुसन्धान नियन्त्रणमा गरेको कामकाजको मुल्याङकन गर्दै सम्मान वेष्ट पुलिस अफ दी मन्थ घोषित गर्दै सम्मान गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरीले ईन्सपेक्टर थापालाई प्रमाण पत्र सहित पुरस्कार हस्तान्तरण गर्दै आगामी दिनमा समेत ईमान्दारितापुर्वक अपराध नियन्त्रण गर्दै नागरिक सुरक्षामा खटिन निर्देशन दिएका छन । ईन्सपेक्टर थापा कमाण्डिङ्गमा लुकाई राखेका बन्दुकदेखिका मानिस सहित पेस्तोल बरामद गरिएको थियो ।

 

नेपाल प्रंहरीले सबै जिल्लामा हरेक महिना उत्कृष्ट कार्य सम्पादन गरे बाफत छनौट गर्दै सम्मानका साथ पुरस्कृत गर्दै आएको छ । सम्मान पाएका प्रहरी निरीक्षक बिरेन्द्र सिह थापाले विभागले कामको मुल्याङन अनुरुप सम्मानले आगामी दिनमा थप जिम्मेबारी बोध गराएको अनुभव व्यक्त गरेका छन । प्रहरी निरीक्षक थापा गत बर्षदेखि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.