दार्चुला प्रहरीद्वारा एक महिनामा ९३ हजारभन्दा बढी राजस्व संकलन

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले चालु आर्थिक वर्षको पहिलो महिनामै ९३ हजारभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले गत साउन महिनामा जिल्लाभरबाट ९३ हजार ५ सय ४० रुपैयाँ राजस्व संकलन गरेको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सहप्रवक्ता तथा सूचना अधिकारी देवेन्द्रसिंह बुढाथोकीका अनुसार राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत उक्त राजस्व संकलन गरिएको हो।

प्रहरीका अनुसार गत एक महिनाको अवधिमा खाद्यान्न, लत्ताकपडा तथा सुर्तीजन्य पदार्थलगायतका सामग्रीबाट ९३ हजार ५ सय ४० रुपैयाँ राजस्व संकलन भएको हो।

प्रहरीले जिल्लामा राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई निरन्तरता दिएको जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.