अमेरिकाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार ३ विद्यार्थीको ज्यान गयो

दार्चुला – अमेरिकाको मिशिगन राज्यमा रहेको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा तीन विद्यार्थीको ज्यान गएको छ ।

अन्धाधुन्ध गोली प्रहार हुँदा १६ वर्षीय किशोर, १४ र १७ वर्षीया किशोरीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । यस्तै हमलामा एक शिक्षकसहित ८ जना घाइते भएका छन् ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले १५ वर्षका छात्रलाई पक्राउ गरेको छ । आक्रमण किन र कुन उद्देश्यका लागि भएको थियो भन्ने खुलेको छैन ।

Leave A Reply

Your email address will not be published.