भाेटेकोशी- त्रिशुलीका वाढी पीढितलाई महेन्द्रनगरको ईन्टरनेशल स्कुलद्वारा आर्थिक राहत सहयोग 

कञ्चनपुर ।

भाेटेकोशी -त्रिशुली नदीमा गएको वाढीबाट पीडित भएका नागरिकको उद्दार, राहतका लागि कञ्चनपुर महेन्द्रनगरको एक निजी विद्यालयले आर्थिक सहयोग गरेको छ ।

भीमदत्त नगरपालिका- ०३ महेन्द्रनगरकाे ईन्टरनेशनल पब्लिक स्कुलले वाढीपीडितलाई राहत सहयोग गरेको हो ।

ईन्टरनेशनल पब्लिक स्कुलका प्रिन्सिपल राजेन्द्र प्रशाद भट्टले तीन लाख ५१ हजार सहयोग गरेको बताए । प्रिन्सिपल भट्टका अनुसार प्रधानमन्त्री दैविप्रकोस उद्दार कोषमा उक्त रकम जम्मा गरिएको छ ।

शिक्षक कर्मचारी,संचालक समितिबाट एक लाख ५७ हजार,२सय, तीज कार्यक्रम २५ हजार विद्यार्थीबाट ६१ हजार, ३सय ५० र विद्यालयबाट एक लाख ७हजार४स ४५रुपैया संकलन गरेर सहयोग गरिएको छ ।

विद्यार्थीले खाजा खर्च घटाएर पीडितको घाउमा मलम लगाउने काम गरेका छन ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.