विश्वका ४ करोडभन्दा बढी आधुनिक दासताको सिकार

दार्चुला । आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

शोषण अन्त्यका लागि सन्देश दिन भन्दै हरेक वर्ष डिसेम्बर २ तारिखमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९४९ देखि यो दिवस मनाउन थालिएको हो । नेपालमा १९८३ सालमा चन्द्र शम्शेर राणाले दास प्रथा उन्मूलनको घोषणा गर्नु भएको थियो ।

नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएको छ । तर अहिले दासताको परिवर्तित स्वरुपले विश्वमा मात्रै नभइ नेपालका लागि पनि चुनौतीपूर्ण विषय बनेको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ को पछिल्लो तथ्याङ्क अनुसार ४ करोडभन्दा धेरै मानिसहरु विश्वभर आधुनिक दासताको सिकार बनेका छन् ।नेपालमा आन्तरिक तथा बाह्य बेचविखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको छ । मानव तस्कर, अङ्ग तस्कर जस्ता घटना बढिरहेका प्रहरीको तथ्याङ्क छ।

Leave A Reply

Your email address will not be published.