बैतडी – बैतडीमा घाँस काट्ने क्रममा भीर बाट लडेर एक बालिकाको मृत्यु भएको छ । बिहीवार जिल्लाको पुर्चौडी नगरपालिका–५ दानाडाका मान बहादुर बोहराकी अन्दाजी १२ बर्षिय छोरी पूर्णिमा बोहराको भिरबाट लडेर मृत्यु भएको वडा अध्यक्ष नागीसिंह खडायतले बताए ।
दहताल स्थित पानीखोला भिरमा घाँस काट्ने क्रममा भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीय केशव बोहराले बताए । बोहरा बिहिबार साँझ करिब ५ बजेतिर मृत फेला परेकी हुन ।
भिरबाट लडेर ४ सय मिटर तल खसेकी बोहराको घटनास्थलमै मृत्यु भएको हो । बोहरा भूमिराज माविमा कक्षा ६ मा अध्ययनरत थिइन् ।
