अपिहिमाल पहिरो, पुल भाँचिएपछि आवतजावतमा सावधानी अपनाउन आग्रह

दार्चुला । अपिहिमाल गाउँपालिका–१ मा पर्ने अपिहिमाल बेसक्याम्प जाने पदमार्गमा पहिरो खसेर पुल भाँचिएको छ।

सिमार र भल्याखोलाबीचको दोमल भन्ने स्थानमा खोलाको किनारमा पहिरो आएपछि पदमार्गमा रहेको पुल भाँचिएको हो।

पुल भाँचिएपछि उक्त मार्ग हुँदै आवतजावत गर्ने यात्रु तथा स्थानीयलाई समस्या भएको छ।

सम्बन्धित निकायले पदमार्गको अवस्था जोखिमपूर्ण रहेकाले आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। साथै, पुल भाँचिएको क्षेत्रमा सम्भावित दुर्घटनाबाट जोगिन सतर्कता अपनाउन अनुरोध गरिएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.