दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका–६ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले किसन सिंह धामीको सभापतित्वमा १९ सदस्यीय नयाँ वडा कार्यसमिति चयन गरेको छ।
निवर्तमान वडा सभापति राजेन्द्र सिंह धामीका अनुसार नयाँ कार्यसमितिको उपसभापतिमा उत्तर सिंह धामी र महिला उपसभापतिमा कलावती धामी चयन भएका छन्।
त्यस्तै, सचिवमा झुसे धामी र सहसचिवमा चन्चल सिंह धामी चयन भएका छन्।
उनका अनुसार अधिवेशनबाट नयाँ कार्यसमितिको नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै स्थानीयस्तरमा जनताका सवाललाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।
