बैतडीका ९० वर्षीय जयबल्लभ भट्टको कृति ‘पुर्खाका पाइला’ लोकार्पण सगुन खबर सगुन खबर आइतबार, असोज ११, २०८३

बैतडी –बैतडीको पाटन नगरपालिका–७ का ९० वर्षीय जयबल्लभ भट्टको संस्मरणात्मक कृति ‘पुर्खाका पाइला’ लोकार्पण गरिएको छ ।

पूर्व प्रधानमन्त्री झलनाथ खनालले काठमाण्डौंमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको लोकार्पण गरेका हुन् । पुस्तकको लोकार्पण गर्दै खनालले पुर्वीय संस्कृति र संस्कारका कुराहरु पुस्तकमा समेटिएको बताए । उनले बैतडीको किम्तोली क्षेत्रको सभ्यतालाइ कवितामा उतारिएको र यो प्रेरणादायी कृतिको रुपमा प्रकाशन भएको दाबी गरे ।

पुस्तकमा जेष्ठ नागरिक भट्टले पाँच दशक लामो शिक्षण अनुभव सहित स्थानीय भट्ट जातीको ऐतिहासिक कुराहरुलाइ समेटेका छन् । पुस्तकबारे पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले भनेका छन् ‘कतिपय ईतिहास राजदरवारका दस्तावेजमा लेखिन्छन्, कतिपय युद्धका मैदानमा लेखन्छन् तर गाउँको ईतिहास भने मानिसको सम्झनामा लेखिएको हुन्छ । जुन भट्टले खोज्दै, सुन्दै, सम्झिदै पुस्तकमा उतारेका छन् ।’

काव्यात्मक शैलीमा लेखिएको कृतिले स्थानीय जनश्रुतीमा आधारित इतिहासका तथ्यहरुलाइ उजागर गरेको र नयाँ पुस्ताका लागि समेत उपयोगी हुने विज्ञहरुले टिप्पणी गरेका छन् ।

‘पुस्तकमा उल्लेखित ऐतिहासिक कुराहरुले सुदूरपश्चिम र कुमाउ क्षेत्रको इतिहाससँग मेल खाएको छ’ पुस्तकबारे समीक्षा गर्दै सर्जक तथा उप–प्राध्यापक भुवन निस्तेज भन्छन् ‘पुर्खाले सुनाएका कुराहरु पुस्तकमा लिपिवद्ध गरिनु सकारात्मक कदम हो ।’

निस्तेजका अनुसार तत्कालिन मुगल शासकहरुको आक्रमणविरुद्ध मध्यकालिन डोटीका  राजा हरि शाही र कल्याण चन्द मिलेर गरिएको प्रतिकारका युद्ध प्रसंगहरु पुस्तकमा समेटिएका छन् ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.