लटिनाथ बजारमा अलपत्र ८ वर्षीय बालक आफन्तको जिम्मा

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–५ का ८ वर्षीय बालकलाई प्रहरीले लटिनाथ बजारबाट उद्धार गरी आफन्तको जिम्मा लगाएको छ।

मंगलबार बिहान करिब ९ बजे लटिनाथ बजारमा अलपत्र अवस्थामा बालक फेला परेपछि प्रहरी टोलीले उनलाई उद्धार गरी कार्यालयमा ल्याएको थियो।

प्रहरीका अनुसार सोधपुछका क्रममा बालकको पहिचान प्रभाकर बोहराका रूपमा खुलेको हो। त्यसपछि मार्मा गाउँपालिका–५ बस्ने उनका काका नाता पर्ने जनक बोहराको जिम्मा लगाई पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.