दार्चुलामा खाद्यान्नको नयाँ मूल्य सार्वजनिक, चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट

दार्चुला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले खाद्यान्नको बिक्री मूल्यसम्बन्धी नयाँ विवरण सार्वजनिक गरेको छ।

कम्पनीले चाडपर्वलाई समेत ध्यानमा राख्दै सर्वसाधारणलाई सहुलियत प्रदान गर्ने उद्देश्यले केही खाद्यान्नमा छुटसहित नयाँ मूल्य कायम गरेको हो।

शाखा कार्यालय दार्चुलाका अनुसार २५ किलोको अरुवा मोटा चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ। यसको साविक मूल्य प्रतिबोरा १ हजार ५ सय २५ रुपैयाँ रहेकामा छुटपछि १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ।

त्यस्तै, २५ किलोको स्टिम जिरा मसिनो चामलमा पनि प्रतिकिलो ५ रुपैयाँ छुट दिइएको छ। साविक मूल्य प्रतिबोरा २ हजार ३ सय रुपैयाँ रहेकोमा अब २ हजार १ सय ७५ रुपैयाँ मा बिक्री गरिनेछ।

यस्तै, गहुँको मूल्य १ हजार ३ सय २५ रुपैयाँ नै कायम गरिएको छ। चिनीको मूल्य प्रतिकिलो १ सय १० रुपैयाँ यथावत् राखिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार चाडपर्वको समयमा उपभोक्तालाई सहज र सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले नयाँ मूल्य निर्धारण गरिएको हो।

यो समाचार पनि पढ्नुस्–

दार्चुलामा दसैँ–तिहार लक्षित खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँ छुट

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.