दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडाबाट अवैध लागूऔषध चरेसजस्तो देखिने पदार्थसहित एक वृद्ध पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नौगाड गाउँपालिका–६ धुलिगडाका ७० वर्षीय काशि धामी रहेका छन् । उनलाई आइतबार साँझ १ सय ५५ ग्राम ६ सय ६० मिलिग्राम चरेसजस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।
अस्थायी प्रहरी पोष्ट धुलिगडाबाट खटिएको प्रहरी टोलीले धामीलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
