सुनको मूल्य घट्ने क्रम जारी, एकैदिन ६ हजार बढीको गिरावट

काठमाडौँ । पछिल्लो समय लगातार घटिरहेको सुनको मूल्यले आज बुधबार पनि सोही क्रमलाई निरन्तरता दिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारदेखि घटिरहेको सुनको मूल्य आज तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो ।

बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँ कायम भएको छ । मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, सुनसँगै चाँदीको मूल्य पनि घट्दै गएको छ । बुधबार चाँदी तोलामा ११० रुपैयाँले घटेर प्रतितोला ३ हजार ३८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ७८६.४७ अमेरिकी डलर र चाँदी ४५.८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.