प्रतितोला २ लाख ५७ हजार ६ सयमा ओर्लियो सुनको मूल्य, आज ३३ सय रूपैयाँले घट्यो

यो साता निरन्तर ओरालो लागिरहेको सुनको मूल्य बिहीबार पनि प्रतितोला तीन हजार तीनसय रूपैयाँले सस्तिएको छ। बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५७ हजार ६ सय रूपैयाँ कायम भएको छ।

बुधबार सुन तोलामा ६ हजार ३ सय रूपैयाँले घटेर प्रतितोला २ लाख ६० हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।

यो साता मंगलबार सुन प्रतितोला एक हजार ९ सय रूपैयाँले सस्तिएको थियो। मंगलबार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार पनि सुन प्रतितोला ११ सय रूपैयाँले सस्तिएको थियो।

चाँदी पनि प्रतितोला ४५ रूपैयाँले सस्तिएको छ। आजका लागि चाँदीको मूल्य ३ हजार ३३५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार नेपाली बजारमा चाँदी तोलामा ११० रूपैयाँले घटेर प्रतितोला ३ हजार ३८० रूपैयाँमा कारोबार भएको थियो।

Leave A Reply

Your email address will not be published.