सुदूरपश्चिमले उचाल्यो एनपीएलको उपाधि

साविक विजेता लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि उचालेको छ।

शनिबार भएको फाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएलको उपाधि जितेको हो। लगातार तेस्रो सिजन फाइनल खेलेको सुदूरपश्चिमले उपाधि जितेसँगै लगातार तेस्रो सिजन फरक टिमले एनपीएलको उपाधि जितेका छन्।

पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग ५ विकेटले पराजित भएको थियो। दोस्रो सिजन लुम्बिनीसँग नै ६ विकेटको हार व्यहोरेको थियो।

तेस्रो सिजनको उद्घाटन र लिग चरणमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले फाइनलमा उपाधि जित्दै त्यो हारको बदला समेत लिएको छ।

सुदूरपश्चिमसँग पराजित भएपछि लुम्बिनीले भने लगातार दोस्रो पटक उपाधि जित्दै इतिहास बनाउने सुन्दर मौका गुमायो।

Leave A Reply

Your email address will not be published.