कञ्चनपुर।
उज्यालो नेपाल पार्टीले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो पहिलो ऐतिहासिक स्थापना दिवस मनाएको छ।
शनिबार महेन्द्रनगरमा पार्टीकी जिल्ला अध्यक्ष रामेश्वरी रावलको अध्यक्षतामा स्थापना दिवस कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भीम कुमाल, समाजसेवी प्रेमबहादुर चन्द, प्रेम ठगुन्नालगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा दिया अवस्थीले स्वागत मन्तव्य राख्दै राष्ट्र संकटमा रहेका बेला युवा तथा बुद्धिजीवी वर्गले खबरदारी गर्नुपर्ने बताइन्। राष्ट्र निर्माणमा युवाहरूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले पार्टीको स्थापना दिवसको शुभकामना व्यक्त गरिन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य भीम कुमालले सही व्यक्तिलाई सही स्थानमा पुर्याउने लक्ष्यका साथ उज्यालो नेपाल पार्टी जनताको सेवामा समर्पित रहेको बताए। देशलाई समृद्धिको मार्गमा अघि बढाउन सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा केन्द्रीय नेतादेखि जिल्ला, नगर तथा वडा तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।