Naya Sadar
Badar

कञ्चनपुरमा भारतीय गाडीको ठक्करबाट एकजनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Sadar Sano
Naya Mat patra

दार्चुला – कञ्चनपुरमा भारतीय नम्बरको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको कृष्णपुर नगरपालिका २ बाणीमा पूर्वबाट पश्चिमतर्फ आइरहेको भारतीय नम्बरको कारले ठक्कर दिँदा बाणीका तारा नाथको मृत्यु भएको प्रहरीले बताएको छ।

कार चालक सोही ठाउँका ३९ वर्षीय वीरेन्द्र सिंह फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। कार भने प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्करबाट घटनास्थलमै नाथको मृत्यु भएपछि बिहानैदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.