झुलाघाट नाकाबाट भारत जान कोरोना विरुद्धको पूर्ण खोप अनिवार्य

दार्चुला – नेपालबाट भारत जाने नागरिकहरुलाई कोरोना विरुद्धको पूर्ण खोप अनिवार्य गरिएको छ । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट भएर भारत पस्ने नागरिकलाई पूर्ण खोप लगाएको कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए ।

पिथौरागढ जिल्लाधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै आज ९सोमबार० देखि लागू हुने गरी पूर्ण खोप लगाएको कार्ड भएमात्रै भारत पस्न दिने बताएको छ ।

भारत जाने नागरिकलाई पूर्ण खोप लगाएको कार्ड अनिवार्य लगेर मात्रै जान जिल्ला प्रशासन कार्यालयले समेत आग्रह गरेको छ । कोरोना विरुद्धको पूर्ण खोप लगाएको १५ दिन भईसकेका नागरिकले मात्रै नाकाबाट भारत जान पाइने सूचना अधिकारी भारतीले बताए ।

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोनको संक्रमण बढ्दै गएपछि भारतले पनि सीमा नाकामा कडाई गरेको हो ।

Leave A Reply

Your email address will not be published.