त्यो समाजलाई यो समाज बाट हेर्दा

पहिले र अहिलेको समाजमा भिन्नता

सङ्गिता अवस्थी जोशी – यो प्रस्न सोधौँ, आफैले आफुलाई अनि अरूलाई ! झट्ट पढदा सोधीसक्नू भयो होला हैन र ? आफूलाई आफैले के सोच्नु हुन्छ ?  मानव या दानव ? मानिस खुसी हुन मानवीय चरीत्र भुल्नै पर्ने हो हामीले ? तपाईंले यो खुसिको लागी कतिलाई दुख दिनुभएको छ ? आज म मानवको मुर्ति मात्र देख्छु तर मानव भित्रको मन देख्दिन। म टाउके विद्वानको समाजमा छु तर विवेक भएको समाजमा छैन । आज मानव छ तर मानवीयता भन्ने कुरा हराएको छ। मान्छेले प्रकृतिमा आफ्नो अस्तित्व गुमाउन खोजेको हो त ?

जिन्दगीको उकाली अनि ओराली भञ्ज्याङ् अनि चौतारी , जीवनमा हरेक किसिमका उतारचढावहरु आउँदा रहेछन्।

कहिले गाह्रो त कहिले सजिलो हरेक चुनौती लाई हामीले सकेर वा नसकेर स्विकार्नु पर्दोरहेछ। मानव जाति आज यति स्वार्थी बनेको छ नि ! आफ्नो लाई आफ्नो पराइ लाई पराइ चिन्दैन। सहिलाइ गलत , गलत लाई सहि भन्छ , बस आफ्नो स्वार्थ मात्र हेर्छ पैसा हेर्छ धनसम्पत्ति । अचम्म लाग्छ यो समाज देखेर अनि यी मानिस देखेर पैसा को पछी यसरी दौडिरहेको छ , कि हाम्रो समाज घरपरिवार लाई समेत पैसा सङ्ग दाज्न थालीसक्यो।

२० औँ शताब्दीमा तीन वटा दर्शनले विश्वमा नयाँ डिस्कोर्स चलायो । पुँजीवाद, समाजवाद र साम्यवाद । यो सामाजिक, सांस्कृतिक‚ आर्थिक र राजनीतिक विचारधारामा आधारित छ र यसलाई संसारका विभिन्न देशले अलग अलग तरिकाले व्याख्या र लागू गर्दै आएको पाइन्छ । आजको विश्व पुँजीवादको राप तापिरहेको छ । हुने खाने र हुँदा खानेबिचको असमानताको खाडलबाट जन्मिएको दर्शन एवं भोलि के खाने भन्ने सोचको विकाससँगै यो व्यवस्था आएको हो ।

यो समाजमा मानवीयता हराएको छ , एकअर्को पर्तिको भेदभाव बढेको छ । हुनत आजभोलिका मान्छे बढीनै शिक्षित भएर होला पहिलेका मान्छे हरु अशिक्षित भएर पनि एकअर्को प्रतीको आदर सम्मान मानमर्यादा एकअर्को प्रती माया कति थियो।अहिले यो समाजमा मानवता नै भङ्ग भएको छ । एकअर्को प्रती रिसराग बढेको छ । हाम्रो समाजमा घरमा आमा बुवाको समेत कदर छैन , जस्ले संसारका देखायो , यो धर्तीमा पाइला टेकायो जस्ले नखाइ नलाई ,आफु भोकै बसेर आफुले फाटो लगाएर हुर्कायो बढायो उहाँकै अपमान भइरहेको छ ।

मानवजाति कतिसम्म गिर्न सकेको होला । दिनदिनै नारी हरु बलात्कार भएको खबर सूनिन्छ , दिनानुदिन निर्दोष मान्छे मारिएको खबर सुनिन्छ , खै न्यायपाएको ? खै पढेलेखेका हरुले सस्कार सिकेको ? खै मानवता देखिएको ? खै ती पापी हरु को खोजी भएको ? खै हत्यारा हरुले साजाए पाएको ? धन्य समाज !

म आज आफुले पढेलेखेका कुरा सम्झन्छु ,शिक्षकले सिकाएका कुरा सम्झन्छु ,साथीहरूले सिकिरहेका कुरा सम्झिन्छु, आज मानिसको प्रवृत्ति देख्छु , मानिसको व्यवहार देख्छु मानिसको विचार देख्छु बिल्कुल आकास पातल फरक छ। मानिसले ज्ञान हासिल गर्दै गर्दा विवेक गुमाएको यथार्थ हजारौ प्रमाण छन समाजमा। मानिस पशु बराबर हुन आएको छ, होइन र ?

हामी अहिले जुन युगमा बाँचिरहेका छौ, यसैलाई आधुनिक युग भनिन्छ । यसैलाई विज्ञान र प्रविधिको युग पनि भनिन्छ । संसारमा कुनै पनि ठाउँ हामीबाट टाढा छैन । यो सबै हुनुमा यातायात र सञ्चारको आमूल परिवर्तन र विकास हो। हाम्रो आवश्यकताको आधारमा विज्ञान र प्रविधिको सहायताले छिनभरमै विश्वको भ्रमण गर्न सक्छौं, जसको सानो उदाहरण हो – इमेल, इन्टरनेट, फेसबुक, टुइट जस्ता कुराको प्रयोग । हामीलाई आवश्यक पर्ने खानेकुरादेखि लाउने कपडा र मनोरञ्जनका साधनको खरिद वा बिक्री समेत अनलाइन पद्धतिमा गर्न सक्छौ । यो सबै विज्ञान र प्रविधिको विकासमा भएको परिवर्तनले मानव जीवनमा ल्याएको एउटा विकास वा परिवर्तन हो । त्यसैले हामी हाम्रो इतिहास र पुर्खाहरूको योगदानको सधैं सम्मान र उहाँहरूले दिएको योगदानको उच्च कद्धर गर्न चुक्नु हुँदैन । किनकि आज हामी छौ भनेर गर्व गर्नुमा पुर्खाहरूको योगदान रहेको छ ।

मानवता हराएको यस्तो स्वार्थी समाजमा असल शासन, जनजीविकाको सवाल, जनाधिकार, विकास र समृद्धिको अपेक्षा कसरि गर्न सकिन्छ र ?

सङ्गिता अवस्थी जोशी शैल्यशिखर नगरपालीका वडा नम्बर ८ झरकडा दार्चुला

माईतीघर धनगढी उपमहानगरपालीका विसालनगर कैलाली

Leave A Reply

Your email address will not be published.