बैतडीको पाटन–पञ्चेश्वर सडकमा मनोमानी भाडा

दार्चुला – बैतडीको पाटन–पञ्चेश्वर सडकमा यातायात व्यवसायीले मनोमानी भाडा असुल गर्न थालेपछि सर्वसाधारण मारमा परेका छन् । पाटनदेखि मेलौली सम्म सडक कालोपत्रेको काम अधिकांश सम्पन्न भईसकेको भएपनि कच्ची भएकै बेलाको भाडा लिने गरेको स्थानीयहरुले गुनासो गरेका हुन् ।

पाटनदेखि मेलौली सम्मको सडकमा यातायाता व्यवसायीले ४५० देखि ५ सय सम्म भाडा असुल गर्ने गरेको आरोप लागेको हो । नाम नभन्ने शर्तमा एकजनाले कच्ची सडककै अनुसार यातायात व्यवसायीले भाडा असुल गर्ने गरेको बताए । खास गरेर जिप व्यवसायीहरुले मनोमानी भाडा असुल गर्ने गरेका छन् ।

यात्रुहरुसंग बुकिङमा मात्रै जाने र नत्र नजाने भनेर व्यवसायीहरुले बार्गेनिङ गर्दा समस्या हुने गरेको यात्रुहरुले बताएका छन् । जिप व्यवसायीहरुको मनोमानी भाडाका कारण यात्रुहरुलाई निकै समस्या भएको छ ।

यो बिषयमा इलाका प्रहरी कार्यालयले भने पाटनदेखि मेलौली सम्मको भाडा चारसय तय भएको र सो भन्दा बढी लिएको पाइएमा कारवाही गर्ने जनाएको छ । यात्रुहरुको गुनासो अहिले सम्म आफूहरुसंग नआइपुगेको र अब छड्को अनुगमन गरिने इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.