बैतडी जिप दुर्घटनाका घाइते चालक अस्पताल भर्ना

दार्चुला – बैतडीमा सोमबार साँझ जिप दुर्घटना हुँदा फरार भएका चालक घाइते अवस्थामा फेला परेका छन् । बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका जिप चालक खेमराज पाण्डे गएराती घाइते अवस्थामा फेला र उनको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

दुर्घटनामा परी सुर्नया गाउँपालिका वडा नं ४ का २ जना र पाटन नगरपालिका वडा नं १ सकारका ३ जना गरी ५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएका ५ जना यात्रु मध्ये २ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ भने तीन जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरी निरीक्षक शाहीले बताए ।

पाटन नगरपालिका १ सकारका मानध्वज भट्टराई र ओमप्रकाश भट्टराईको डडेल्धुरामा उपचार भईरहेको हो । सकारकै विष्णु भट्टराई, दीपक भट्टराई र गोविन्दी विकको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ ।

मृतक पाँचै जनाको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

Leave A Reply

Your email address will not be published.