दार्चुलामा एक जनप्रतिनिधि एकिकृत समाजवादीमा

दार्चुला । नेकपा एमाले विभाजन भइ नेकपा एकिकृत समाजवादी दर्ता भएपछि अहिलेसम्म दार्चुलाबाट एक जना जनप्रतिनिधि एकिकृत समाजवादीमा खुल्नुभएको छ ।

दार्चुलामा एक जनप्रतिनिधि एकिकृत समाजवादीमा
अपिहिमाल गाउँपालिकाका कार्यपालिका सदस्य रुकमती जागरी एकिकृत समाजवादीमा खुलेको निर्वाचन कार्यालय दार्चुलाका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, प्रदेश सभा सदस्य गेल्बुसिंह बोहरा र स्थानीय तहका प्रमुख, उपप्रमुखहरु भने एमालेमै रहेका छन् ।

दार्चुलाबाट २०७४ सालको निर्वाचनमा नेकपा एमालेले तीन वटा गाउँपालिका अध्यक्ष, चार वटा गाउँपालिकामा उपाध्यक्ष, २२ जना वडाअध्यक्ष, २५ जना महिला वडा सदस्य, २२ जना दलित महिला वडा सदस्य, ४६ जना अन्य वडा सदस्य जितेको थियो । समग्रमा जिल्लाभरीबाट ५५ जना महिला र ६७ जना पुरुष गरेर एमालेको तर्फबाट १२२ जनप्रतिनिधि निर्वाचित भएकोमा एक जना एकिकृत समाजवादीमा खुल्नुभएको छ । एक दुई जना जनप्रतिनिधि पर्ख र हेरमा रहेको स्रोतले बताएको छ । बाँकी जनप्रतिनिधिहरु भने एमालेमै रहने बताइएको छ । मं

Leave A Reply

Your email address will not be published.