व्याँस र दुहुँमा हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकामा सोमबारदेखि खाद्यान्न ढुवानी सुरु हुँदै छ । बाढि पहिरो प्रभावित क्षेत्र दुहुँ र खाद्यान्न अभाव भएको व्याँस गाउँपालिका २ माल गाउँको लागि खाद्यानन ढुवानी हुने सुरु भएको हो ।

व्यास गाउँपालिकाको मालको लागि ५० क्वीन्टल खाद्यान्न ढुवानी हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीले जानकारी दिनुभयो । गत साउन १५ गते देखि भारतीय एसएसबीले महाकाली नदीमा तुइन लगाउन बन्द गराएपछि यो क्षेत्रमा खाद्यान्न अभाव भएको छ ।

भारतीय एसएसबीले तुइनको डोरी फुस्काइदिदा मालका ३३ वर्षीय जयसिह धामी वेपत्ता भएपछि यो क्षेत्रमा खाद्यान्न ढुवानी हुन सकेको छैन् ।
नेपालतिर सडकको विकल्प नभए पछि नेपाली सेनाको हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी सुरु गरिएको हो ।

यस्तै दुहुँ गाउँपालिकामा भदौ १३ गते आएको बाढिपहिरो पछि गाउँमा खाद्यान्न अभाव हुन नदिन एक सय क्वीन्टल खाद्यान्न, तीन क्वीन्टल दाल, तेल र नुन, साढे तीन हजार मिटर खानेपानी पाइप हेलिकप्टरमार्फत ढुवानी गरिने जोशीले जानकारी दिनुभयो ।
सम्बन्धित गाउँपालिकाको व्यवस्थापननमा गृह मन्त्रालयले हेलिकप्टरमार्फत खाद्यान्न लगायतका सामग्री ढुवानी गर्न हेलिकप्टर दार्चुला पुगेको छ।
सदरमुकाम खलंगास्थित नेपाली सेनाको व्यारेकबाट दुहुँ र व्यासको मालको लागि खाद्यान्न ढुवानी हुनेछ ।अहिले यो क्षेत्रमा आवतजावत गर्न बाटोघाटो समेत ठाउँ ठाउँमा अवरुद्व बनेको छ । दार्चुला तिंकर सडक खण्डको निजाङगाड खोलामा मोटरेवल पूल बगाएको छ । भने त्यो भन्दा माथिल्लो क्षेत्रमा सडक भासिएका छन् ।

भारतले जयसिह धामी मृत्यु प्रकरणमा भारतीय एसएसबीको दोष देखाए पछि सीमा क्षेत्रमा तुइन लगाउन कडाइगरेको छ । जसको कारण व्यासको दुम्लीङ, मालगाउँ, राप्ला, तुसरपानी लगायतका क्षेत्रमा खाद्यान्न अभाव भएको छ । नेपालतिरबाट पैदल जान यो क्षेत्रमा पुग्न दुई लाग्छ ।
हेलिकप्टरले आजैदेखि खाद्यान्न ढुवानी गर्ने बताइएको छ । पहिलो चरणमा खलंगाबाट नेपाली सेनाको समान सुनसेरा पुर्याउने र त्यसलगत्तै खाद्यान्न ढुवानीको काम सुरु हुने प्रजिअ जोशीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.