सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा चालकको ज्यान गयो, ८ जना घाइते

दार्चुला – सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिञ्जेलमा बस दुर्घटना हुँदा बस चालकको ज्यान गएको छ ।

बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गएराति ९ बजे भएको दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.