बैतडीमा हालसम्म एक लाख ४६ हजार भन्दा बढी मतदाताले गरे आफ्नो बिवरण दर्ता

दार्चुला । बैतडीमा फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम अन्तर्गत हालसम्म एक लाख ४६ हजार बढीको नाम दर्ता भएको छ ।

हालसम्म एक लाख ४६ हजार ८२ जनाले आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयाँलका जानकारी दिनुभयो।

विसं २०७७ पुस ५गते सम्म मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या एक लाख ४४ हजार ९०२ रहेका छन् । तीमध्ये ७२ हजार ३४१ पुरुष, ७२ हजार ५५९ महिला र दुई जना तेस्रोलिङ्गी रहेका छन् । त्यसपछि हाल पालिकास्तरमा सञ्चालन भइरहेको विशेष कार्यक्रमअन्तर्गत एक हजार १८० जनाले नाम दर्ता गराइसेकेका छन् ।

निर्वाचन आयोगले यही मङ्सिर १७ गतेदेखि देशभरिका स्थानीय तहका केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन गरिरहेको हो । विसं २०७७ पुस ५ गतेसम्म १८ वर्ष पुगेका व्यक्तिको संख्या भने एक लाख ४१ हजार ८९५ रहेको जनाइएको छ । १६ वर्षमा नेपाली नागरिकता बनाउने र १६ वर्षदेखि नै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि मतदान गर्नका लागि १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान छ ।

हाल पालिकास्तरमा सञ्चालनमा रहेको नामावली संकलन विशेष कार्यक्रम पुस ८ गतेसम्म सञ्चालन हुने छ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भने निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहने प्रमुख फुयाँलले बतानुभयो ।

 

आफ्नो मताधिकार सुनिश्चित गर्न यसअघि छुट भएका सबै नागरिकलाई नामावलीमा नाम दर्ता गराउन आग्रह समेत गरिएको छ ।

Leave A Reply

Your email address will not be published.