कांग्रेस महाधिवेशनको मतदान गर्ने समय राति ९ बजेसम्म थप
दार्चुला । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भइरहेको मतदानको समय राति ९ बजेसम्म थप गरिएको छ ।
सोमवार बिहान ८ बजे मतदान सुरु गर्ने भनिए पनि निकै ढिला गरी पौने १२ बजेतिर प्रारम्भ भएको थियो । ढिला गरी सुरु भएको मतदान राति ९ बजेसम्मका लागि थप गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोलालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
महाधिवेशनमा एक सय ३२ पदका लागि चार सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।