दार्चुला । आज सुदूरपश्चिम प्रदेशको पहाडी भू भागमा हल्का वर्षा र कर्णाली, गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकाले जनएको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शुक्रबार बिहान बागमती र गण्डकी प्रदेशको पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
यस्तै‚ दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू भागको एक दुई स्थानमा हल्का वर्षा हुने जनाइएको छ। यस्तै‚ सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।