दार्चुला । इन्भटरमा चट्याङ लाग्दा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ र ७ मा रहेको देबथली लिप्ट खानेपानी अबरुद्ध भएको छ। सोमबार राती परेको चट्याङका कारण खानेपानी योजनाको इन्भटरमा समस्या देखिएपछि लिप्ट सिस्टम बन्द भएको हो ।
खानेपानी अबरुद्ध भएछि यस क्षेत्रका करिब एक सय घर परिवार मर्कामा परेका छन । ४५ लाख उर्जा र ७४ लाख जिल्ला खानेपानी को लगानी मा २०७४ साल जेठ १५ गते काम सम्पन्न भएको उक्त योजनाबाट शैल्यशिखर नगरपालिका वडा नम्बर ७ का करिब एक सय घर परिवार लाभाम्वित भएका थिए ।
चट्याङ लाग्दा करिब ४ लाख बराबरको क्षती भएको स्थानीय कृष्ण दत्त जोशीले जानकार दिनुभयो ।