दार्चुला । नेकपा एमाले विभाजन भएसँगै दार्चुलाका दुई जना वडा सदस्य नेकपा एसमा खुलेका छन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर अपिहिमाल गाउँपालिकाका २ जनप्रतिनिधिले नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।
अपिहिमाल गाउँपालिका वडा नम्बर १ बाट निर्वाचित वडा सदस्य रुकमति जागरी र वडा नम्बर २ बाट निर्वाचित वडा सदस्य भुरी धामीले नेकपा एसमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
०७४ सालको निर्वाचनमा नेकपा एमालेले दार्चुलाका तीन वटा गाउँपालिका अध्यक्ष, चार वटा गाउँपालिकामा उपाध्यक्ष, २२ जना वडाअध्यक्ष, २५ जना महिला वडा सदस्य, २२ जना दलित महिला वडा सदस्य, ४६ जना अन्य वडा सदस्य जितेको थियो ।
एमालेको तर्फबाट दार्चुलामा कुल १२२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।